दफा ३५
सुविधा दिन सक्ने
(१) आयोगले निर्वाचनको कुनै काममा संलग्न पदाधिकारी वा कर्मचारी लाई आयोगले निर्धारण गरे बमोजिमको रकम र बढी समय काममा लगाउनु परेमा खाजा तथा खाना खर्च र अतिरिक्त समय भत्ता समेत दिन सक्नेछ ।
(२) आयोगले निर्वाचनको कुनै काममा लगाएका पदाधिकारी वा कर्मचारीलाई निजले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ता र भ्रमण भत्तामा आयोगले निर्धारण गरे बमोजिमको रकम समेत आवश्यकता अनुसार थप दिन सक्नेछ ।
(३) आयोगले निर्वाचनको कुनै काममा लगाएका पदाधिकारी वा कर्मचारीलाई सो काममा संलग्न रहेको अवधिसम्मका लागि आयोगले निर्धारण गरे बमोजिमको रकम थप भत्ता दिन सक्नेछ ।